‘एभेरेष्ट फिल्म अवार्ड २०१९’ यहि जुन महिनामा हङकङमा हुने

काठमाडौँ, २५ माघ । सन् २०१९ को जुनमा हङकङमा ‘एभेरेष्ट इन्टरनेशनल फिल्म अवार्ड’ हुने भएको छ । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अवार्डको बारेमा जानकारी गराइयो ।

एभरेष्ट इन्टरटेन्मेन्ट प्राइभेट लिमिटेडले २० विधामा पपुलर अवार्ड प्रदान गरिने आयोजक मध्येका एक लोकराज लिम्बुले जानकारी दिए । अवार्ड समारोहमा एक फिल्मकर्मीलाई लाइफ टाइम अचिभमेन्टद्वारा सम्मान पनि गरिनेछ ।३ हजार ५ सय दर्शक क्षमता रहेको हङकङको वानचाई स्थित ‘क्विन एलिजावेथ स्टेडियम हल’ मा उक्त अवार्ड आयोजना हुनेछ । आउँदो मार्चमा नोमिनेशन सर्वाजनिक गर्दै अवार्ड हुने डेट पनि सार्वजनिक गरिनेछ ।

नेपालमा संगीक्षा फिल्म्स प्रा.लिको तर्फबाट अध्यक्ष मनोज केसीले अवार्ड कार्यक्रमको संयोजन गर्नेछन् । नेपालबाट ६० जना बढी कलाकार, प्राविधिक, पत्रकारको टोलीको सहभागीता रहने अवार्डमा आउने जाने र बस्ने खर्च अवार्ड आयोजकले नै बेहोर्ने मनोज केसीले बताए । फर्म समेत निशुल्क रहेको बताइएको छ ।