गगन थापालाई नेबिसंघले देखायो कालो झण्डा

माघ २१ पोखरा। नेपाली कांग्रेसका युवा नेता गगन थापालाई आफ्नै नेपाल विद्यार्थी संघ(नेबिसंघ) का विद्यार्थीले कालो झण्डा देखाएका छन् ।

सरकारको विरोधमा नेपाली कांग्रेस कास्की कार्य समितिले गरेको विरोधसभामा सम्बोधन गर्न आउनुभएका नेता गगन थापालाई केही युवाले कालो झण्डा देखाएका हुन्।

थापाले शनिबार पोखरा महानगरपालिकाको शिक्षा महाशाखाको गाडी जलाएको बिषयलाई लिएर निन्दनीय भनेपछि पोखरामा नेवि संघका विद्यार्थीले उनलाई कालो झण्डा देखाएका हुन् ।

थापाले सम्बोधन गरिरहेकै ठाँउमा ३-४ जनाको समूहमा आएका केही युवाहरुले कालो झण्डा देखाएका हुन् ।

नेता गगन थापाले विरोध सभालाई सम्बोधन गर्दै सरकार जिम्मेवारीपूर्ण रुपमा अगाडि बढ्न नसकेको बताउनुभएको छ ।