काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य समायोजन गरेको छ।आज शनिबार निगमले प्रेस बिज्ञप्ती जारी गर्दै पेट्रोल, डिजेल तथा मट्टीतेलको भाउ २-२ रुपैया बढाएको छ।
नयाँ मुल्य अनुसार पेट्रोल प्रतिलिटर ११० तथा डिजेल र मट्टीतेल ९७ रुपैयाँ पुगेको छ। तर हवाई इन्धन तथा खाना पकाउने ग्यासको मुल्य भने यथावत रहेको जनाएको छ।
निगमले आज राती १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मुल्य समायोजन गरेको जनाएको हो।