अमेरिकाको तापक्रम माइनस ४६ डिग्री, चिसोले २१ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको तापक्रम हालसम्मकै कम मापन गरिएको छ। लगातार हिउँ पर्नुका साथै चिसो सिरेटोले जनजिवन प्रभावित भएको छ। अत्याधिक चिसोका कारण हाल सम्म २१ जनाको मृत्यु भएको भईसकेको छ ।

अमेरिकाको मध्य पश्चिमी क्षेत्रमा दशकौं यताकै चिसोको कारण हाल सम्म कम्तिमा २१ जनाको मृत्यु भएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् । अमेरिकाको कूल जनसंख्याको एक तिहाई मानिस अहिले माइनस १७ डिग्रीभन्दा कमको तापक्रम भएको क्षेत्रमा छन् ।

चिसोका कारण लाखौ नागरिक प्रभावित भएका छन् । कतिपय क्षेत्रको तापक्रम माइनस ४६ डिग्रीसम्म पुगेको र चिसोका कारण अधिकांश क्षेत्रमा हिउँ जमेको छ ।