काठमाडौं। अनमोल केसीको नयाँ चलचित्र ‘क्याप्टेन’को ट्रेलर सार्बजानिक भएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्बजानिक गरिएको हो।
चलचित्रलाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन्। भुवन केसीको होमप्रोडक्सन रहेको सिनेमामा अनमोलले उपासना सिहं ठकुरी तथा प्रियंका एमभी दुई नायिकासँग रोमान्स गरेका छन्।
फिल्ममा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, प्रियंका एमभी लगायतको अभिनय रहेको छ ।
फिल्म फाल्गुन १७ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ।