डा. केसीले २४ दिन लामो आमरण अनसन तोडे

१८ माघ, काठमाडौं । प्रा. डा. गोविन्द केसीले २४ दिन लामो आमरण अनसन एकतर्फी रुपमा अन्त्य गरेका छन् । उनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाको हातबाट जुस पिएर अनसन तोडेका हुन।

चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास भइसकेको अवस्थामा अनसन जारी राख्दा विरामीले दुःख पाएको र राज्यले सुन्ने अवस्था नआएकाले अनसन तोडेको बताएका छन् । तर, चिकित्सा शिक्षा विधेयकमा सुधारका लागि फरक रुपमा लडिरहने प्रतिवद्धतासमेत जनाएका छन् ।

अनसन तोड्दै गर्दा डा. केसीले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीमा संस्थागत र व्यक्तिगत इमान र विश्वसनीयता नभएको बताएका छन् । साथै विधेयक पास गर्न सरकारले अधिनायकवादी प्रवृत्ति देखाएको भन्दै उनले यसरी पारित भएको ऐन हामीलाई स्वीकार्य छैन भनेका छन।

तस्बिरः मनुका ओलीको फेसबुकबाट