काठमाडौ । मह संचारको नयाँ चलचित्र “दाल भात तरकारी” को नयाँ गीत “भिजिट भिसामा” यो हप्ता युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा रहेको छ।
युट्युबमार्फत गत हप्ता रिलिज भएको यो गीत अहिलेसम्म साढे २२ लाखले हेरिसकेका छन।
गीतमा हरिवंश आचार्यको शब्द तथा शम्भुजित बास्कोटाको संगीत रहेको छ।
उक्त गीतमा हरिवंश आचार्य, पुष्प खड्का, बर्षा राउत तथा आंचल शर्माको अभिनय रहेको छ।