बन्ने भयो गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला(डिजाइन सहित)

काठमाडौँ, १६ माघ। धुर्मुस–सुन्तली फाउण्डेसले चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको छ । सहिद दिवसको अवसरमा राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा रंगशाला निर्माण गर्ने घोषणा भएको हो। कार्यक्रममा महानगरपालिका र फाउन्डेसन बीच सहमतिपत्रमा हस्ताक्षर पनि भएको छ ।

त्रिभुवन विश्वविद्यालयको नाममा रहेर हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको भरतपुर महानगरपालिका–१५ मा रहेको २० बिघा ६ कठ्ठा जग्गामा रङ्गशाला बन्ने भएको हो।

धुर्मुस सुन्तली फाउण्डेसनले नेपालमा रङ्गशाला निर्माण गर्ने घोषणा गरेसँगै स्वदेशी र विदेशी नेपालीहरूबाट सहयोग समेत जुट्न थालिसकेको छ । रंगशाला निर्माणका लागि ३ अर्ब रूपैयाँ लाग्ने बताइएको छ।