२ हजार ८ सय ७ सुरक्षाकर्मीलाई सहिद घोषणा

काठमाडौ, १५ माघ । सरकारले दुई हजार ८ सय ७ सुरक्षाकर्मीलाई सहिद घोषणा गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सहादत दुई हजार ८०७ सुरक्षाकर्मीलाई सहिद घोषणा गर्ने निर्णय गरेकाे हाे।

सशस्त्र प्रहरी बल काठमाडौँमा आयोजित १८ औँ सशस्त्र प्रहरी दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाका एक हजार १८, नेपाल प्रहरीका एक हजार ४४८, सशस्त्र प्रहरी बलका ३१८ र राष्ट्रिय अनुसन्धान विभागका २३ जनालाई सहिद घोषणा गरिएकोे जानकारी दिए।

सहिद घोषणाले हिजोका दिन भएकोे असमानता हटाई सबैलाई सम्मान गर्ने तथा मेलमिलापको भावना जागृत गर्नाका साथै सहिदका परिवारको सम्मान र राहतका विषयलाई प्राथमिकता दिएको प्रधानमन्त्री ओलीले उल्लेख गरे।