सूचना प्रविधिको महामेला “सुबिसु क्यान इन्फोटेक २०१९” आजबाट सुरु

काठमाडौं । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) को आयोजनामा सूचना प्रविधिको महामेला “सुबिसु क्यान इन्फोटेक २०१९” आज माघ १५ गतेबाट काठमाण्डौको भृकुटीमण्डपमा सुरु भएको छ।’

सूचना प्रविधिको क्षेत्रमा विकास भएका नयाँ प्रविधिबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले यो महामेलाको आयोजना भएको हो।

क्यान इन्फोटेक मेलामा नयाँ नयाँ सफ्टवेयर र सुरक्षा उपकरण लगायतका प्रविधिहरु प्रदर्शनीमा राखिएको छ । मेलामा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरुको सहभागिता रहेको छ।

मेलामा एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न सकिनेछ भने नयाँ-नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि प्रदर्शनीमा राखिएको छ।

यस्तै सुविसुका प्रबन्ध निर्देशक सुधिर पराजुलीले क्‍यान इन्फोटेको टाइटल स्पोन्सर रहेको सुबिसु केवल नेटले इन्टरनेको प्‍याकेजमा नयाँ स्किम ल्याएको बताए ।

मेला माघ २० गतेसम्म सन्चालन हुने छ।