काठमाडौं,१५ माघ। प्रधानमन्त्री निवास वालुवाटार अगाडीबाट नेविसंघका झण्डै तीन दर्जन विद्यार्थी नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रधानमन्त्री निवासको ३ नम्बर गेट अगाडी सिठ्ठी जुलुस गर्दै गर्दा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले निषेधित क्षेत्रमा प्रदर्शन गरिएकाले उनीहरुलाई पक्राउ गरेको बताएको छ । सरकारको विरुद्ध आन्दोलनमा रहेको नेविसंघले निकालेको सो जुलुसबाट झण्डै तीन दर्जन विद्यार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा केन्द्रिय सदस्य शुशिल भट्ट सहित निरन्जन थापा, गणेश सापकोटा, शशांकश्री न्यौपाने, रमेश बस्ताकोटी सहितका नेता कार्यकता छन ।
केन्द्रिय सदस्य भट्टको नेतृत्वमा प्रदर्शन गरिएको थियो । पक्राउ परेका नेविसंघका नेताहरुलाई अहिले प्रहरीले महेन्द्रपुलिस क्ल्ब पुर्याएको भट्टले जानकारी दिए ।