डा. केसीको जीवन रक्षाको माग गर्दै आजदेखि रिले अनशन

काठमाडौं, १४ माघ । नेपाल चिकित्सक सङ्घले डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आजदेखि रिले अनशन सुरु गर्दै छ । काठमाडौँ उपत्यकाका चिकित्सकहरूले त्रिवि शिक्षण अस्पतालमा रिले अनशन सुरु गर्ने चिकित्सक सङ्घका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यकाबाहिरका चिकित्सकले आफू कार्यरत अस्पतालमा वा सङ्घको शाखा कार्यालयमा रिले अनशन बस्ने पनि उहाँले जानकारी दिनुभयो । यसअघि चिकित्सक सङ्घले सरकारलाई केसीको माग पूरा गर्न ७२ घण्टे अल्टिमेटम दिएको थियो ।