सुनको भाउ साढे ५ वर्षपछिकै उच्च, तोलाको ६१ हजार २ सय

काठमाडौं, १३ माघ। आज सुनको भाउ पाँच साढ पाँच वर्षयताकै उच्च भएको छ । छापावाल सुनको भाउ तोलाको ६१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। खस्किँदै गएको अमेरिकी अर्थतन्त्र, अन्तर्राष्ट्रिय बजारमा शक्तिशाली मुद्रा अमेरिकी डलर कमजोर भएकोले सुनको भाउ उच्च हुँदै गएको विश्लेषकहरुले बताएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ आइतबार तोलाको ६१ हजार २ सय रुपैयाँ पुगेको हो । एकै दिन तोलामा ६ सय रुपैयाँ बढेर छापावाल सुनको भाउ साढे पाँच वर्षयताकै उच्च भएको हो । यसअघि २०७० भदौ १२ गते सुनको भाउ स्थानीय बजारमा इतिहासकै सबैभन्दा बढी तोलाको ६३ हजार ३ सय रुपैयाँसम्म पुगेको आधिकारिक ‘रेकर्ड’ छ ।