प्रधानमन्त्री ओली स्वदेश फिर्ता, नेविसंघले देखायो कालो झण्डा

माघ १२, काठमाडौं। स्वीट्जरल्याण्डमा विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा सहभागी भएर प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बिहान स्वेदश फर्केका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विमानस्थलमा नेपाल विद्यार्थी संघका कार्यकर्ताले कालो झण्डा देखाएका छन् । विमानस्थलमा पत्रकार सम्मेलन गरी बाहिरिने क्रममा डोमेस्टिक अगाडी नेविसंघले कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाउने नेविसंघका चार जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणनमा लिएको छ।