सरकार बिरुद्द सदन र सडकबाट सशक्त आन्दोलन गर्ने कांग्रेसका सभापति देउवाको चेतावनी

माघ ११, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब कांग्रेसले सडक र सदन आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

शुक्रबार कांग्रेसको नाराबाजी र अवरोधकाबीच पनि चिकित्सा शिक्षा पारित भएपछि सभापति देउवाले यस्तो चेतावनी दिएका हुन् ।

‘सरकार अधिनायकवादी भयो, सभामुखले पनि आफ्नो पदीय गरिमा कायम राख्न सकेनन् । हामी त्यसविरुद्ध सशक्त आन्दोलन गर्छौँ’, सभापति देउवाले भने ।

सर्वदलीय बैठकमा सभामुखले अवरोध भएमा बैठक स्थगित गर्ने भने पनि पेलेर विधेयक पास गरेको देउवाले आरोप लगाए।