साइबर क्राइम सम्बन्धी कडा कानुन बन्ने, कानुन सम्बन्धी बिधेयक संसदमा पेश हुँदै

२ माघ, काठमाडौं । नेपालमा साइबर क्राइम सम्बन्धी कडा कानुन बन्ने भएको छ। सामाजिक सञ्जालको दुरुपयोग गर्दै विभिन्न किसिमका अपराधिक क्रियाकलाप हरु बढ्दै गइरहेको बेलामा सरकारले नयाँ कानुनको मस्यौदा तयार पारेको हो ।

संघीय संसदमा पेश हुन लागेको नयाँ विधेयकले सामाजिक सञ्जालबाट व्यक्तिको चरित्रहत्या गर्ने, सामाजिक सद्भाव विथोल्ने र साइबर बुलिङ गर्नेलाई कडा सजायको प्रस्ताव गरेको छ ।

त्यस्तै अनलाइन समाचार पोर्टलमा अपुष्ट र हावादारी कुरा सम्प्रेषण गर्ने, अरुको कपी पेष्ट गर्ने तथा अनधिकृत रुपमा डोमेन सञ्चालन गर्नेलाई पनि कारवाहीको दायरमा ल्याइने भएको छ । अब सामाजिक सञ्जालको दुरुपयोग गरी गैरकानुनी काम गर्नेहरुमाथि कसूर अनुसार अधिकतम दश लाख जरिवाना र १५ वर्षसम्म कैद सजाय सहितको बिधेयक संसदमा पेश हुँदैछ । आजको पत्रपत्रिकामा खबर छ।