नेपाली चलचित्र ‘रणबीर’ माघ १८ देखी सिनेमाघरमा(ट्रेलरसहित)

माघ २, काठमाडौँ । माया,बदला र एक्शनले भरिपूर्ण नेपाली कथानक चलचित्र ‘रणबीर’ यही माघ १८ गते शुक्रबार देखि
प्रदर्शनमा आउँने भएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा फिल्मको ट्रेलर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति तोकिएको हो ।

फिल्मको लागि सुशिलले आफ्नो बजन बढाएर सशक्त एक्शनमय अभिनय गरेका छन। उनलाई अरु फिल्ममा भन्दा यस फिल्ममा अलिक फरक देख्न सकिनेछ । कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीले गरेको उक्त फिल्म प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

यस फिल्ममा सुशिल सँगै प्रशान्त ताम्राकारको पनि दमदार अभिनय रहेको छ । फिल्ममा दुई नयाँ अनुहार सुभेच्छा खड्का र सुपुस्पा भट्टलाई पनि देख्न पाईनेछ, उक्त फिल्म यी दुबै कलाकारको डेब्यु फिल्म रहेकाे छ।

फिल्ममा टिका पहाडी, नरेश पौडेल, रवी गिरी र हरिहर शर्माको निकै बेजोड प्रस्तुती देख्न पाईनुको साथै जीवन भट्टराई, भोलाराज सापकोटा, शैलेश्वरी सिंह, जगदीश रिजाल, बसन्ती भट्ट लगायतको पनि अभिनय देख्न पाईनेछ ।