दाेलखाकाे कालिञ्चाेकमा स्की महोत्सव हुने

दोलखा, २५ पौष। स्की तथा स्नोबोर्ड प्रतिष्ठान नेपाल र स्की गाइड्स नेपालको आयोजना र जात्रा एड्भेन्चर ट्राभल्सको सहकार्यमा कालिन्चोकको कुरीमा स्की महोत्सव सञ्चालन हुने भएको छ ।प्राविधिक रुपमा स्की लिफ्टको सफल परिक्षण भएको र सम्पूर्ण तयारी सकिएको आयोजकले जनाएको छ ।हिउँमा खेल्ने साहसिक खेल स्कीलाई आधारमा राखेर नेपाल स्की महोत्सव सञ्चालन गर्न लागिएको हो । पौष २४ गतेदेखि शुरु हुने स्की का लागि कालिञ्चोकको कुरी क्षेत्रमा हिउँ परे लगत्तै आयोजकहरु कार्यक्रमको प्रचारप्रसारमा लागेका छन।

नेपाल स्की महोत्सव सुरु भएको ३ वर्ष पुगिसकेको छ । कालिञ्चोकको कुरीमा हिउँ परेलगत्तै प्रतिष्ठानले यो खेल सञ्चालन गर्दै आएको छ ।यस साहसिक खेलमा विगतका वर्षहरुमा हजारौँ साहसिक खेल प्रेमीहरूले सहभागिता जनाएको आयोजकले जानकारी दिएको छ । यस वर्ष स्की लिफ्टको जडान सँगै स्की खेलाडीलाई थप उत्साह पुग्ने लक्ष्य आयोजकले लिएको छ ।स्की तथा स्नोबोर्ड नेपालका नयाँ पुस्ताहरुको लागि प्रचुर सम्भावना बोकेको साहसिक खेल हो । स्की खेल हिउमा खेलिने बहुचर्चित खेल हो ।