चर्चित उपन्यास ‘समर लभ’ को ट्रेलर सार्वजनिक(ट्रेलर सहित)

काठमाण्डौ । सुबिन भट्टराईको उपन्यास समर लभमा आधारित नेपाली कथानक चलचित्र ‘समर लभ’ को ट्रेलर सार्वजनिक भएको छ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरमा नायक आशिस पिया र नायिका रेवती क्षेत्रिलाई प्रस्तुत गरिएको छ।

चलचित्रमा सुरज सिंह ठकुरी, आशिष पिया, रेवती क्षेत्री, नम्रता सापकोटा, शिशिर भण्डारी, सरोज खनाल र ओम प्रतिकलगायतको अभिनय छ।

सुबिन भट्टराईको कथा रहेको यस चलचित्रमा पुस्पन प्रधानले संगीत भरेका छन्। ब्यवसायिक रुपमा सफल चलचित्र नाइ नभन्नु ल ३ मा उत्कृष्ट निर्देशन गरिसकेका निर्देशक मुस्कान ढकालले चलचित्र ‘समर लब’ लाई निर्देशन गरेका हुन्।

वास्तविक प्रेम गर्ने जोडीको सम्बन्ध बारेमा राम्रोसँग देखाउन खोजिएको र चलचित्रले सबै नेपालीको मन जित्ने कुरामा निर्देशक ढकाल ढुक्क रहेको जानकारी गराए।