प्रभु बैंकले १० प्रतिशत लाभांश वितरण गर्दै

काठमाडौँ । प्रभु बैंंकले आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको आजको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४÷७५ मा कायम भएको चुक्ता पूँजीको पाँच प्रतिशत शेयर लाभांश दिने निर्णय गरेको हो। यस्तै कर प्रयोजनसहित पाँच दशमलव २६ प्रतिशत नगद लाभांश दिने भएको छ।

बैंकको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक र वार्षिक साधारणसभाले स्वीकृत गरेपछि शेयर धनीलाई वितरण गरिनेछ। भार्गव विकास बैंकले छ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।

आव २०७४/७५ को नाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो। बैंकको चुक्ता पूँजी ५० करोड १६ लाखको छ प्रतिशतले हुन आउने ३ करोड ९६ हजार नगद लाभांश वितरण गर्न लागिएको हो।

बैंकको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक र साधारणसभाले स्वीकृत गरेपछि वितरण गरिनेछ।