नायिका मरिश्का पोखरेल बलिउड गीतमा(भिडियो सहित)

नायिका मरिश्का पोखरेल बलिउड गीतमा देखिएकी छिन् । सालको पात टपरी बोलको गीत हिट भएपछि उनी हर लम्हा बोलको बलिउड गीतमा देखिएकी हुन् ।

उक्त गीतमा भारतीय प्ले ब्याक सिंगर निलेश सिंह र साहिवाको स्वर, शंकर लामिछानेको शब्द, संगीत र चन्द्र शेखर सिंहलेको संगीत संयोजन रहेको छ । सार्वजनिक गीतको भिडियोमा मरिश्काकोसँगै शंकर लामिछानेलाई फिर्चड गरिएको छ ।

नेत्र गुरुङको निर्देशन गीतको भिडियोमा गुरुङकै सम्पादन र मिलन शंकरको छायांकन रहेको छ ।