रणवीरको ‘सिम्बा’ ले बनायो धमाकेदार रेकर्ड !

पुस १८, मुम्बइ । रणवीर सिंहको गत वर्ष सुखद रह्यो । नयाँ सालको पहिलो दिन पनि उनका लागि सुखद नै सावित भएको छ  । उनको फिल्म् सिम्बाले बक्स अफिसमा कमाल गर्यो । रणवीर र सारा अली खानको फिल्म् सिम्बाले घरेलु बक्स अफिसमा १०० करोड पार गरेकाे छ ।

रोहित सेट्टीको निर्देशनमा बनेको सिम्बाले २०१८ अन्तिम र नयाँ सालको सुरुवातको दिन धमाकेदार कमाइ गर्यो । फिल्मले सोमबार २१ करोड २४ लाख रुपैयाँ कलेक्सन गर्यो, मंगलबारको कमाइ करिब २० करोड भयो ।

सिम्बाले पहिलो दिन २० करोड ७२ लाख रुपैयाँ कलेक्सन गरेकाे थियो । सिम्बाले पाँच दिनपछि ११६ करोड ३५ लाख रुपैयाँ कलेक्सन गरिसकेको छ ।

याेसँगै रणवीर सिंहको १०० करोड क्लबमा चौँथो पटक र सारा अली खानकाे पहिलो पटक इन्ट्रि भएको छ । रणवीर सिंह अब वरुण धवन, रणबीर कपूर र रितिक रोशनको बराबरीमा आइसकेका छन्, जसको चार फिल्म् १०० करोडको क्लबमा छ ।