काठमाडौं । दयाहाङ राईको चलचित्र ‘मिस्टर झोले’ युट्युबमा सार्वजनिक भएको छ । रामबाबु गुरुङ निर्देशित मिस्टर झोले कमेडी जनरको चलचित्र हो जसले गत बर्ष बक्स अफिसमा सन्तोषजनक व्यापार गरेको थियो ।
यो चलचित्रलाई टेकेन खड्का, रौनक विक्रम कडेल, मणिराम पोखरेल र ओम चन्द रौनियारले मिलेर बनाएका हुन ।चलचित्रान दया,दिया पुन, पुस्कर गुरुङ, बुद्धी तामाङ, प्रबिण खतिवडा, बिजय बराल, अरुणा कार्की, कमल मणी नेपाल, सरोज अर्याल, निरु खड्का, लक्ष्मी बर्देवा, माओत्से गुरुङ सहित बर्षा राउत पनि मुख्य भूमिकामा छिन् ।