उच्च हिमाली भेगमा हिमपात, जनजिवन कष्टकर

१३ पौष, दोलखा। दाेलखाकाे उच्च हिमाली भेगमा हिमपात हुनुकाे साथै चिसाे र वर्षातका कारण जनजिवन कष्टकर भएको छ।अाज शुक्रबार बिहानै देखि देशैभरि चिसो बढ्नुका साथै दाेलखाकाे हिमाली भेगमा हिमपात भएको छ।

चिसो बढेसँगै दोलखाको खरिढुङ्गा, कालिञ्चाेक, गाैरीशंकर, शैलुङ, हनुमन्ते, खावा, जिरी, चेर्दुङ, ढुङ्गे, लाेम्सा लगाएत रामेछापको तांमेडाडा, देउराली, बाम्तिभण्डार, प्रिती, जट्टापाेखरी, पाँचपाेखरी अासपासकाे क्षेत्रमा हिमपात भएको छ।

धेरै समय पछि हिउँ परे पश्चात दाेलखाका स्थानीय कामै छाेडी हिउँ खेल्न निस्किएका छन।जिल्लाको हिमाली क्षेत्रमा बाक्लो हिमपात हुन थालेको त्यहाका स्थानीयले जानकारी दिएका छन।भने मध्यपहाडी भेगमा समेत बाक्लो हिमपात हुन सक्ने माैसम अनुमान महसाखा काठमाडौंले बताएको छ।

हिउँ परे सँगै दाेलखाकाे कालिञ्चाेकमा अान्तरिक तथा बाह्य पर्यटककाे अागमन बढ्ने त्यहाँका हाेटल व्याबसायिहरुले बताएका छन।