यस्ता व्यक्तिसङ्ग भुलेर पनि नगर्नु बिहे, नत्र पछुताउनु पर्ला है

मुक्तिनाथ टाईम्स । कुनै नयाँ मान्छे सङ्ग विवाह गर्ने निर्णय गर्न त्यति सजिलो पक्कै हुदैन। किनकी कस्तो मान्छेसंग विवाह गर्दा आफ्नो वैवाहिक जीवन सफल बनाउन सकिन्छ भन्ने कुरालाई लिएर हरकोहिलाई काैतुहलता हुनु सामान्य कुरा हो। त्यसकारण यस्ता ५ प्रकारका व्यक्तिसंग विवाह गर्ने कुरा कल्पना पनि नगर्नुहोस्, नत्र पछुताउनु पर्ला है।

१.पुर्व प्रेमि/प्रेमिकासंग हिनचिम गर्ने
केहि व्यक्तिहरुमा त्यस्ताे स्वभाव हुन्छ जो आफ्नो प्रेमि/प्रेमिका सँग डबल गेम खेलिरहेका हुन्छन् । आफ्नो पुर्व प्रेमि/प्रेमिकासंग हिमचिम गरिरहेका हुन्छन् र अफ्नो श्रीमान/श्रीमतीलाई पुर्वप्रेमि/प्रेमिकासंग तुलना गरेर बस्छन् जस्ले तपाइको वैवाहिक जिवनलाई बिल्कुलै असर गर्छ ।

२.पर्फेक्सनिस्ट
तपाइँलाई त्यस्ता व्यक्तिले जिवनभर निराश बनाउछन जो हरेक कुरामा उसले चाहेको हुनपर्छ भन्ने सोचका हुन्छन् । जस्तै खाना,कपडा,घर,खर्चलाई लिएर उसले बनाएको नीति-नियमको दायरा भन्दा बहिर जान दिदैनन्।

३.हिंस्रक व्यक्ति
तपाइँलाई थाहा नहुन सक्छ हिंस्रक व्यक्तिसंग विवाह गर्दाको नतिजा के हुन्छ भनेर । तपाइँले डेट गर्दा केटा वा केटीमा हिन्स्रंक प्रकारका जस्तै रिसाहा, चिच्याउने, कराउने मौका परे कुटपिट नै गर्ने खालको संकेत देख्नुभयो भने पहिलैबाट सतर्कता अपनाउनु होस ।

४.नियन्त्रणमा राख्न खोज्ने
तपाइँलाई त्यस्ता व्यक्तिले सधै निराश बनाउने छन् जसले तपाईलाई सधै अफ्नो नियन्त्रणमा राख्न खोज्छन् । तपाइँ उसको सिद्धान्तमा, उसको नियममा बस्नुपर्ने हुन्छ जस्ले गर्दा तपाईंको आत्मसम्मानमा समेत आच आउन सक्छ ।

५.शंकालु व्यक्ति
हरेक कुरामा शंका गर्ने, चियो-चर्चो गर्ने व्यक्ति सङ्ग जिवन बिताउने गार्हो कुरा हो। पाइला-पाइलामा शंका गर्ने, रिस गर्ने जस्तो व्यबहारले पनि तपाईलाई खुसी मिल्दैन जस्ले गर्दा तपाइहरुको जिवन सुखमय हुन सक्दैन।

६. लोभीः लोभी मान्छेहरू स्वार्थी हुन्छन् । सधै पैसाको पछाडी भाग्छन र तिनीहरु भौतिकबादी हुन्छन् । यसप्रकारका व्यक्ति सङ्ग विवाह गर्नाले तपाईलाई खुसी मिल्दैन जो सम्बन्ध र मायाको बारेमा सोच्दैन र सधै सानदार जिन्दगी बनाउन मात्र लागिपरिरहन्छन् ।