लाकुरीभञ्ज्याङ प्रहरी प्रभागमा गोली चल्दा एक प्रहरी जवान घाइते

काठमाडौं । ललितपुरको लाकुरीभञ्ज्याङ्ग प्रहरी प्रभागमा गोली चलेको छ । गोली लागेर प्रहरी जवान रोशन श्रेष्ठ घाइते भएका छन् ।

काठमाडौं विपद व्यवस्थापनमा कार्यरत उनी लाकुरीभञ्ज्याङ्ग प्रहरी प्रभागका इञ्जार्ज असई रमेश तामाङलाई भेट्न आएका थिए ।

घाइते प्रहरी जवान श्रेष्ठको मेट्रो प्रहरी अस्पतालमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेको जनाइएको छ।

कार्यालयभित्रै बसिरहेको बेला तामाङको पेस्तोलको म्यागजिन अनलोड गर्ने क्रममा पेस्तोल पडि्कएर श्रेष्ठको गालामा लागेको बताइएको छ । असई तामाङलाई नियन्त्रणमा लिएर सातदोबाटो प्रहरीले अनुसन्धान सुरु गरेको छ ।