विद्युतीय सामग्रीहरुको प्रदर्शनी ‘निक इलेक्ट्रो टेक’ भृकुटीमण्डपमा सुरु

काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा विद्युतीय सामग्रीहरुको अन्तराष्ट्रिय स्तरको प्रर्दशनी सुरु भएको छ।

‘निक इलेक्ट्रो टेक’ नाम दिइएको सो प्रर्दशनी शुक्रबारबाट सूरु भएको हो। विद्युतीय सामग्रीहरुको नयाँ प्रविधिबारे आम उपभोक्तालाई जानकारी गराउने उद्देश्यले सो प्रर्दशनी सुरु गरिएको प्रर्दशनी आयोजक समितिका प्रचार विभाग प्रमुख कोमल पोखरेलले जानकारी दिए।

प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीका नयाँ-नयाँ मोडलका विद्युतीय सामग्रीहरुको स्टल राखिएको छ। कम विद्युतीय खपत हुने सामग्रीहरुलाई प्रर्दशनीको आकर्षणको रुपमा रहेको छ।

प्रर्दशनीमा भारत, चीन, थाईल्याण्डलगायतका विदेशी कम्पनीका विद्युतीय सामग्रीहरु पनि रहेका छन्। प्रर्दशनीको उद्घाटन गर्दै उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले गुणस्तरीय उत्पादनमा जोड दिन व्यवसायीहरुलाई आग्रह गरे।

उनले विद्युतीय सामग्रीमा मुलुकलाई आत्मनिर्भर बनाउन सरकार निजी क्षेत्रसँग लगानी गरेर अघि बढन तयार रहेको पनि स्पष्ट पारे। स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सरकार प्रतिवद्ध रहेको मन्त्री पुनको भनाई छ।

५ दिनसम्म चल्ने प्रर्दशनीमा १ लाख बढिले अवलोकन गर्ने अपेक्षा गरिएको छ। नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको प्रर्दशनीमा विद्युतीय सामग्रीहरुको उपयोगका बारेमा जानकारी दिने व्यवस्था पनि गरिएको छ।