कांग्रेसमा पदाधिकारी विवाद टुंगियो

काठमाडौं । नेपाली कांग्रेसमा पदाधिकारी विवाद टुंगिएको छ । अब ८ जना सहमहामन्त्रीसहित १५ पदाधिकारी हुनेछन्, जसमा कोषाध्यक्षबाहेक सबै महाधिवेशनबाटै निर्वाचित हुनेछन् ।

शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार कांग्रेसमा अब सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक कोषाध्यक्ष हुनेछन् । प्रवक्ता भने पदाधिकारीबाटै वा केन्द्रीय सदस्यलाई मनोनित गर्न सकिनेछ ।

यसअघि सभापति, उपसभापति, दुई महामन्त्री, सहमहामन्त्री र कोषाध्यक्ष थिए, जसमा सभापति, एक महामन्त्री र कोषाध्यक्ष निर्वाचित हुन्थे भने बाँकी सभापतिले मनोनित गर्ने र केन्द्रीय समितिले अनुमोदन गरिन्थ्यो ।

७ जना सहमहामन्त्री भने समावेशी सिद्धान्तका आधारमा चयन हुने व्यवस्था राख्ने सहमति भएको छ । योसँगै लामो समयदेखि देखिएको कांग्रेसको विधानसम्बन्धी विवाद टुंगो लागेको छ ।