धनगढीका रवि ओड भए ‘नेपाल आइडल सिजन-२’ को विजेता

काठमाडौं । नेपाल आइडलको दोस्रो संस्करणको विजेता धनगढिका रवि ओड भएका छन् । काठमाडौंमा आज भएको ग्रान्ड फिनाले कार्यक्रममार्फत  रवी ओड लाई बिजेता घोषणा गरिएको हो ।

विजेता हुँदै उनले एउटा गाडि र २२ लाख नगद प्राप्त गरेका छन् । फस्र्ट रनरअप पोखराका बिक्रम बराल भए उनले नगद २० लाख पाएका छन् । सेकेण्ड रनरअप सुमित पाठक भए उनले १५ लाख प्राप्त गरे, थर्र्ड रनरअप झापाकी अस्मिता अधिकारी भइन् ।

पहिलो सिजन जस्तै दोस्रो सिजनमा पनि देशका विभिन्न सहरमा भएका अडिसनहरूबाट छानिएका सयौँ प्रतिस्पर्धीलाई उछिन्दै, दर्शकको माया बटुल्दै आइडल  चार प्रतिस्पर्धी अन्तिम ४ मा छानिएका थिए ।

धनगढी अडिसनमा कमल खत्रीको ‘जाउला रेलैमा’ बोलको गीत गाएर उनले निर्णायकको मन जितेका थिए। रवि ठाडो भाका, लोकदोहोरी, पप, हिन्दी, नेपाली सबै खाले गीत गाउन सक्ने प्रतिस्पर्धी हुन्।

शिव परियार, सुगम पोखरेल र हेमन्त रानाका गीत उनलाई बढी मन पर्छन्। सानै उमेरदेखि नै रवि गीत, संगीतमा निकै रुचि राख्थे।