काठमाडौं। गुण्डा नाइके दीपक मनाङ्गे थुनामुक्त भएका छन्। डिल्लीबजार कारागारमा रहेका मनाङ्गे सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएसँगै शुक्रबार थुनामुक्त भएका हुन्।
प्रदेशसभा निर्वाचनमा मनाङबाट विजयी भएको उनलाई ज्यान मार्ने उद्योगमा पुनरावेदन अदालत र सर्वोच्च अदालतले पाँच वर्ष कैद सजाय सुनाएपछि उक्त कारगामा थुनामा राखिएको थियो।
मनाङ्गेले पुनरावेदन अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गराई धरौटी रकम बुझाएपछि सर्वोच्चले मुलुकी ऐन २०२० को अदालती बन्दोबस्तको महलको १९४ बमोजिम तारेखमा छाड्न डिल्लीबजार कारागारलाई आदेश दिएको हो ।
अदालती बन्दोबस्तको उक्त महल अनुसार सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता गराएपछि उक्त मुद्दाको अन्तिम किनारा नलागेसम्म गुरुङ थुनामा बस्नुपर्ने छैन ।