चलचित्र ‘गोपी’ को ट्रेलर सार्वजनिक, विपिन गाइपालन कृषकको भुमिकामा

गाइ पाल्ने एक कृषकको कथामा ‘गोपी’ चलचित्र निर्माण भएको छ । माघ १८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘गोपी’को आज ट्रेलर सार्वजनिक भएको छ । यो ट्रेलरमा नेपालमै राम्रो पढाई गरेर विदेश नगई देशमै गाइपालन गर्ने एक यूवकको कथालाई उठान गरिएको छ ।

चलचित्रको शिर्ष भूमिकामा नायक विपिन कार्कीको दमदार अभिनय रहेको छ। उनलाई नायिकाद्धय बर्षा राउत र सुरक्षा पन्तले साथ दिएका छन् ।

दीपेन्द्र लामाको कथा तथा निर्देशनमा तयार भएको यो चलचित्रमा सामिप्यराज तिमिल्सिनाको पटकथा छ । चलचित्रमा श्रीधर पौडेल कार्यकारी निर्माता छन् भने आरोही केसीको लगानी छ । चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन तथा निमेष श्रेष्ठको सम्पादन छ ।