क्याप्टेनको ‘रहर छ सँगै’ रिलिज, रिलिजको १२ घन्टामै ट्रेन्डिङको पहिलो नम्बरमा

काठमाण्डौ । नायक अनमोल केसी र नायिका उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको चलचित्र ‘क्याप्टेन’को ‘रहर छ सँगै’ बोलको गीत सार्वजनिक भएको करिब १२ घन्टामै नेपाल ट्रेन्डिङको पहिलो नम्बरमा आएको छ । यो गीतलाई दर्शकले निकै राम्रो प्रतिक्रिया पनि दिएका छन् ।

अर्जुन पोखरेलको संगीत, सुगम पोखरेल र अन्जु पन्तको आवाज, दिग्गज धौरालीको शब्दमा तयार भएको गीतलाई दर्शकले रुचाएका छन् ।

दिवाकर भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रलाई भूवन केसीले निर्माण गरेका हुन् । निर्माता भूवन केसीले गीतलाई मन पराइदिएको भन्दै खुशी व्यक्त गरे । नायक अनमोल केसीले दर्शकको मायाका लागि धन्यवाद दिएका छन् ।
यो चलचित्र फागूण १७ गते रिलिज हुँदैछ ।

चलचित्रले फुटबल खेलाडीको संघर्ष र सफलताको कथालाई उठान गरेको छ । कविराज गहतराजले यो गीतको भिडियोलाई कोरियोग्राफी गरेका हुन् ।