चलचित्र साँइली को नयाँ गीत ‘नाच माया’ सार्वजनिक (भिडियो सहित)

‘सुन साँइली’ बोलको गीत नाम सापटी लिएर निर्माण गरिएको चलचित्र ‘साँइली’ को ‘नाच माया ’ बोलको पहिलो गीत सार्वजनिक भएको छ् । लोक लय भएको सार्वजनिक गीतमा हेमन्त रानाको स्वर सुसान्त गौतम को संगीत तथा हर्क साउदको शब्द रहेको छ् ।गीतमा चलचित्रका मुख्य कलाकार गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई फीचर्ड भएका छन भिड्योलाई विक्रम स्वार् ले कोरियोग्राफी गरेका छन ।

चलचित्र यही बर्ष चैतको १५ गते बाट प्रदर्शनमा आउने भएको छ् ।चलचित्रलाई सफल निर्देशक राम बाबु गुरुङले निर्देशन गरेका हुन चलचित्र ‘साँइली’ गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, कृपा सिंह लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

जीएच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्र ‘साँइली’ लाई गायक हेमन्त राना र नायक गौरव पहारीले मिलेर बनाएका हुन् ।विशाल गुरुङ र मोहन राना मगरको लगानी रहेको चलचित्रमा कालिप्रसाद बाँस्कोटा, सुशान्त गौतम संगीत निमेष श्रेष्ठको सम्पादन र् शैलेन्द्र डी कार्कीको छायांकन रहेको छ् ।