गायिका सिर्जना कार्कीको नयाँ गीत “धेरै धेरै” को म्युजिक भिडियो सार्बजानिक

गायिका सिर्जना कार्कीको नयाँ गीत “धेरै धेरै” को म्युजिक भिडियो सार्बजानिक भएको छ। उक्त भिडियो उनको आफ्नै च्यानल सिर्जना कार्की बाट सार्बजानिक भएको हो।

गीतमा राजबाबु श्रेष्ठको शब्द तथा हरि लम्सालको सङ्गित रहेको छ। ह्यान्ड टू ह्यान्ड क्र्युजको साथमा स्वयम सिर्जनाको अभिनय रहेको भिडियोलाई रामकुमार के.सी.को छायाकंन गरेका छन भने राज महर्जनको कोरियोग्राफि तथा निर्देशन रहेको छ।

यसअघि ‘माया’ ‘मनको राजा’ जस्ता सुमधुर गीतबाट चर्चामा आइसकेकि छिन। यसरी नै आगामी दिन हरुमा पनि अझ राम्रा गीतहरुका साथमा आउने गायिका बताउछिन।