गायक प्रराज पौडेलको “पिठो पिन्न जादैथे घट्टोमा” सार्बजनिक (भिडियो सहित)

काठमाडौँ : गायक प्रराज पौडेलको “पिठो पिन्न जादैथे घट्टोमा” को म्युजिक भिडियो सार्बजनिक भएको छ । पछिल्लो समय एक पछि अर्को हिट गीतहरु नेपाली सांगीतिक बजारमा पस्किन सफल गायक प्रराज पौडेल सांगीतिक बजारमा चर्चा बटुल्दै गरेका गायक हुन् ।

शब्द तथा संगीत महेश ज्ञवालीको रहेको यस गीतको म्युजिक भिडियोलाइ सचिन थापाले निर्देशन गरेका छन् । मोडल सम्पदा बनिया, नेत्र बनिया तथा संचारकर्मी गायक महेश मुखियाको अभिनय रहेको यस म्युजिक भिडियोलाई आश म्युजिक कम्पनीले बजारमा लिएर आएको छ ।

भिडियो हेर्नुहोस् :